एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशन २१ बर्षपछि २० माघमा हेटौंडामा शुरु भएको छ । महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षक गरी तीनहजार पाँच सयजना सहभागी हुँदैछन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुप्राचौर खेलमैदानमा महाधिवेशन उद्घाटन गरे जहाँ उनले अब आफ्नो पार्टी शान्तिपूर्ण बाटोबाट अघि बढ्ने उद्घोष गरे । महाधिवेशनको बन्दशत्र औद्योगिक क्षेत्रभित्र बन्द अवस्थाको हेटौँडा कपडा उद्योग परिसरमा २१ माघदेखि शुरु हुँदैछ जहाँ दाहालले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नेछन् ।
२१ बर्ष अघि नेकपा एकताकेन्द्रका नाममा महाधिवेशन भएको थियो भने त्यसयता नेकपा माओवादी हुँदै हाल एकीकृत नेकपा माओवादीमा पार्टी परिणत भएपछि महाधिवेशन हुन लागेको हो । संयोग नै मान्नुपर्छ, छैठौंलाई पनि एकताकै महाधिवेशन भनिएको थियो भने एकीकृत माओवादीको नाममा हुन लागेको सातौं महाधिवेशनलाई पनि ‘एकता महाधिवेशन’ नाम दिइएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा १९ माघमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रबक्ता अग्निप्रसाद सापकोटाले महाधिवेशनको बन्दशत्रमा पैँतिससय जना सहभागी हुने, पार्टीको पथप्रदर्शक सिद्धान्त परिवर्तन हुने र आगामी नेतृत्वको उत्तराधिकारीसमेत तय हुने जानकारी दिए ।
२०४८ साल चैतमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा मशालको अगुवाईमा फुटेको कम्युनिष्टहरुबीच एकताको प्रयास शुरु भएपछि भएको महाधिवेशनले नेकपा एकताकेन्द्र गठन गरेको थियो । वर्तमान एमाओवादीले त्यसैलाई आफ्नो आधिकारिक महाधिवेशन दाबी गरेको छ । त्यसयता नेकपा माओवादी हुँदै एकीकृत नेकपा माओवादी गठन भएपछि बल्ल यसपटक महाधिवेशन हुन लागेको हो । २०४८ सालको महाधिवेशनपछि २०५१ सालमा भएको सम्मेलनबाट नेकपा माओवादी गठन गरेयता सो पार्टीमा दुईपटक संस्थागतरुपमा फुट आएको छ भने उल्लेख्य पार्टीहरु माओवादीसँग एकतामा आएका छन् । ‘जनयुद्ध शुरु भएपछि हालसम्म जो जो एकता प्रक्रियामा आए, सबैलाई समेट्ने हिसाबले एकता महाधिवेशन भनेका हौं’ महाधिवेशन आयोजक समितिका एक सदस्यले यो व्लगरसँग भने, ‘युद्ध र शान्तिकालमा आएका सबैको मन राख्नका लागि एकता महाधिवेशन भनेका हौं, मूलधार त तत्कालीन नेकपा माओवादी नै हो ।’
यस्तो छ, ऐतिहासिक डोरी
तेस्रो महाधिवेशनपछि पुष्पलाल, तुलसीलाल अमात्य र केशरजंग रायमाझीको नेतृत्वमा कम्युनिष्ट पार्टी टुक्रेपछि उत्पन्न अन्यौलबीच गठन भएको केन्द्रिय न्यूक्लियसको ‘सन्तान’का रुपमा एमाओवादी आएको जानकारहरु बताउँछन् । प्राध्यापक डा. सुरेन्द्र केसीद्धारा लिखित नेपालको कम्युनिष्ट पार्टीको इतिहास अनुसार २०४८, मंशीर २० गते मनमोहन अधिकारी, मोहनविक्रम सिंह, शम्भुराम श्रेष्ठ, निर्मल लामा, भक्त बहादुर श्रेष्ठ, भरतमोन अधिकारी, कमल कोइराला, जय गोविन्द शाह, रामबहादुर ह्यामो र सिद्धिलाल सिंहको सहभागीतामा केन्द्रिय न्यूक्लियस गठन भएको थियो । तर, त्यहाँ आएको फुटसँगै संविधानसभा पक्षधर मानिएका मोहन विक्रम सिंहको नेतृत्वमा ३० भदौ २०३१मा भारतमा चौथो महाधिवेशन आयोजना भयो र पार्टीको नाम नै नेकपा चौम राखिएको थियो । चौममा सिंह महामन्त्री थिए भने केन्द्रिय समितिमा निर्मल लामा, जयगोविन्द शाह, भक्त बहादुर श्रेष्ठ, चित्रबहादुर केसी, मोहन वैद्य, काजी, ऋषि देबकोटा‘आजाद’ र खुबीराम आचार्य थिए । प्रेम प्रकरणमा महामन्त्री सिंहमाथि भएको कारबाहीपछि निर्मल लामा नेतृत्वमा आए भने लामामाथि भएको कारबाहीपछि भक्तवहादुर श्रेष्ठले चौमको नेतृत्व सम्हाले । त्यसपछि मोहन विक्रम समूह र निर्मल लामा समूहबीच भएको फुटपछि २०४१ साल मंशीरमा भारतको अयोध्यामा पार्टीको पाचौ“ महाधिवशेन आयोजना भयो । मोहन बैद्य महामन्त्री चुनिए । सो समूहले पार्टीको नाम नेकपा मशाल राख्यो । सिंहले पातलो मसालले चिनिने गरी नेकपा मसाल गठन ग¥यो भने निर्मल लामा पक्षधरले चौमलाई निरन्तरता दिए । नेकपा मशालले केही प्रहरी चौकीमा गरेको आक्रमण बिफल भएपछि मोहन बैद्यले नेतृत्वबाट हटेर पुष्पकमल दाहाललाई पार्टीको नेतृत्व सुम्पिए । सेक्टर काण्डका नाममा चिनिएको असफल ‘कारबाही’पछि नेतृत्वमा आएका दाहालकै अगुवाईमा २०४८ सालमा पार्टीको छैठौं एकता महाधिवेशन भएको थियो । त्यसछि यसपटक सातौं महाधिवेशन हुन लागेको हो ।
दाहाललगायतको अगुवाईमा २०४८ सालमा चितवनको माडीमा भएको महाधिवेशन भएको थियो । नेकपा मशाल, नेकपा चौम(निर्मल लामा), सर्बाहाराबादी श्रमीक संगठन(रुपलाल विक), र क्रन्तिकारी मसाल (मोहन विक्रम सिंहबाट अलग भएर आएकाहरुको समूह)बीच एकता पछि राखिएको एकता महाधिवेशनपछि पार्टीको नाम एकताकेन्द्र राखियो भने महामन्त्रीमा दाहाल नै चुनिए । सो महाधिवेशनमा दाहालले प्रस्तुत गरेको दीर्घकालीन जनयुद्धको कार्यनीति पास भएको थियो । मुलुकमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि गठित एकताकेन्द्रमा तत्काल जनयुद्धमा जाने कि नजाने भन्नेबिषयमा बिबाद उत्पन्न भएपछि बहुमत पक्ष (दाहाल नेतृत्वको मोटो मशाल समूह)ले २०५१ जेठ १६ देखि २१सम्म चितवनमा सम्मेलन गरेर पार्टीको नाम नेकपा माओवादी राख्ने र तत्काल जनयुद्धमा जाने निर्णय ग¥यो । त्यसपछि चौम समूहबाट एकताकेन्द्रमा आएका निर्मल लामा, नारायणकाजी श्रेष्ठको समूहले तत्काल जनयुद्धका लागि अनुकुलता नभएको भन्दै २०५१ जेठ १५ गते बेग्लै राष्ट्रिय सममेलन आयोजक समिति मार्फत् नेकपा एकताकेन्द्रलाई नै पुनर्गठित गर्ने निर्णय ग¥यो । तर दशबर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेर २०६२÷०६३को जनआन्दोलनसँगै शान्तिपूर्ण राजनीतिमा आएपछि माओवादीले २०५१ सालमा अलग्गिएको समूह (नारायणकाजी श्रेष्ठ नेतृत्वको एकताकेन्द्र–मसाल)सँग एकीकरण गरी २०६५ माघमा एकीकृत माओवादी गठन गरेको थियो । २०४८ सालको छैठौं महाधिवेशनमा सँगै रहेका नारायणकाजी श्रेष्ठको समूह अहिले सातौं महाधिवेशनमा समेत संयोगबस एकैठाउँ आइपुगेको छ । छैठौं महाधिवेशनपछि माओदीले विभाजन, एकता हुँदै पछिल्लोपटक मोहन बैद्य पक्षसँग विभाजन व्यहोरेको छ । बैद्य पक्षले गत २५ पुसदेखि २ माघसम्म सातौं महाधिवेशन गरिसकेका छन् । एमाओवादीले युद्ध लड्डा सँगै रहेको सहयात्री गुमाएको छ भने युद्धकै बिषयमा मतभेदका कारण अलग्गिएको शान्तिकालीन सहयात्री एकताकेन्द्रको साथ शान्तिपूर्ण राजनीतिमा आएपछि पाएको छ ।
युद्धपछि को आए, को गए ?
सशस्त्र युद्ध शुरु भएको पाँच बर्षपछि २०५७ साल पुस ११ गते नेकपा मसाल छाडेर दीनानाथ शर्मा नेतृत्वको समूह नेकपा माओवादीमा आएको थियो भने २०६० असार ३१ गते गोपाल किराती नेतृत्वको किरात वर्कर्स पार्टी पनि माओवादीमा मिसिएको थियो । शान्तिपूर्ण राजनीतिमा आएपछि २०६३ चैत २२ केशव नेपाल नेतृत्वको नेकपा (२००६) तथा २०६४ साल असोज ६ गते नन्दकुमार प्रसाई नेतृत्वको नेकपा मालेमाकेन्द्र माओवादीसँग बिलय भएको थियो । त्यसपछि डा. राममान श्रेष्ठ नेतृत्वको संयुक्त लोकतान्त्रिक गणतान्त्रिक मोर्चा पनि माओवादीमा मिसिएको थियो । तत्कालीन नेकपा एकताकेन्द्र मसाल २०६५ माघमा एकता प्रक्रियामा आएपछि पार्टीको नाम एमाओवादीका रुपमा फेरिएको थियो ।
एमाओवादी युद्धका सहयात्री मोहन बैद्यले समूह गत असारमा पार्टीबाट अलग भएर नेकपा–माओवादी गठन गरेको छ भने मधेशका जुझारु नेता मातृकाप्रसाद यादब नेतृत्वमा नेकपा (माओवादी) गठन भएको छ । तत्कालीन पोलिटव्युरो सदस्य मणि थापा नेतृत्वमा क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन भएको छ भने माओवादीबाट रविन्द्र श्रेष्ठ, भरत दाहाललगायतका नेताहरु यसअघि नै अलग भएका छन् ।
एमाओवादीको २०६२ साल असोजमा सम्पन्न चुनवाङ् वैठकले एकबर्षपछि महाधिवेशन गर्ने निर्णय गरेको थियो भने त्यसयता महाधिवेशनको मिति तोकिँदै स्थगित हुँदै आएका थिए । गत साउनमा सम्पन्न विस्तारित वैठकले गरेको पछिल्लो निर्णय अनुसार हुन लागेको हो ।
अब हिंसा हैन, शान्तिको बाटोमा
हेटौंडामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन उद्घाटन गरे । त्यसक्रममा प्रचण्डले २०४८ सालपछि आयोजित महाधिवेशनले शान्तिपूर्ण तरिकाले सम्बृद्धिको बाटोमा अघि बढ्ने रणनीति तय गर्ने दाबी गरे । ‘यो महाधिवेशनले जनवादी क्रान्तिको बाँकी र्कायभार पूरा गर्ने र समाजवादर्तफ उन्मुख हुने कार्यदिशा ल्याउँनेछ । फेरि पनि दीर्घकालिन जनयुद्ध गलत हुन्छ र उपलब्धीपूर्ण हुँदैन भन्ने कुरा राम्रोसँग बुझेका छौँ’ प्रचण्डको भनाई छ, ‘ नेपाली जनताको जीवनमा सकारात्मक र रचनात्मक परिर्वतन ल्याउन उत्पादनका लागि संघर्ष गर्न सिंगै पार्टी जानुपर्छ भन्ने कुरा गरेका छौं ।’ प्रचण्डले यसअघिको महाधिवेशनले तय गरेको जनयुद्धको कार्यदिशाले राजतन्त्र ढलेको दाबी गर्दै अबको कार्यदिशाले मुलुकलाई सम्पन्न बनाउने पनि उद्घोष गरे । यसको अर्थ हो, माओवादीले औपचारिकरुपमा अब हिंसा त्यागेको छ ।
धनले ल्याउँछ स्वतन्त्रता
प्रचण्डले मुलुकलाई नवउपनिवेशिक अवस्थामा रहेको भन्दै व्याख्या गरे भने नेपालको राजतन्त्र १८०० बर्ष पुरानो रहेको पनि चर्चा गरे । उनी प्रचण्ड हुन् जसले राजतन्त्र २५० बर्ष पुरानो रहेको बताउँदै आएका थिए । नेपाली जनता धनी र अधिकारसम्पन्न भएपछि मात्र स्वतन्त्रता प्राप्त हुने प्रचण्डको अर्को भनाई थियो । ‘एउटा छिमेकी मुलुकको विरोध गरेर राष्ट्रवादी हुने, त्यसको समर्थन गरेर लोकतन्त्रवादी भइने भन्ने कुरामा हामी विश्वास गर्दैनौँ’ प्रचण्डको भनाई छ, ‘पहिला नेपाली जनता धनी बन्नुपर्छ, अनि मात्रै मुलुकको स्वतन्त्रता बच्छ भन्नेमा हामी स्पष्ट छौँ ।’ यसको अर्थ हो, प्रचण्डहरु अब भारतसँग जोरी खोज्ने हैन, राम्रो सम्बन्ध विकास गर्न चाहन्छन् ।
एमाओवादी उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताको बलमा पूँजीवादी जनवादी क्रान्तिको बाँकी काम सम्पन्न गर्ने र समाजवादी क्रान्तिमा प्रवेश गर्ने दाबी गरे । क्रान्ति र परिवर्तनको बाटो सधैँ एउटै नहुने तर्क गर्दै शान्तिपूर्ण बाटोमा अघि बढ्ने उद्घोष गरेका भट्टराईले अब जनताको बलमा शान्ति र संविधान निर्माण गरिछाड्ने पनि बताए ।
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले जनताले यतिवेला आर्थिक संबृद्धि, स्वाधिनता र स्वतन्त्रताको रक्षा चाहेको तर बन्दुक र बैमनश्यता आवश्यक नभएको बताए । महाधिवेशनमा प्रस्तुत अध्यक्ष प्रचण्डको समाजतर्फ उन्मुख कार्यदिशा सही भएको र त्यसलाई लागू गर्न सुझाब दिए ।
को को आए ?
सत्तारुढ सबै दल, बिपक्षी दल तथा उल्लेख्य विदेशी भाइचारा प्रतिनिधि निम्त्याइएको उद्घाटनशत्रमा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री एवं जनशक्ति पार्टी अध्यक्ष सूर्यबहादुर थापा, राप्रपा अध्यक्ष पशुपति शमशेर राणा, मधेशी नेताहरु राजेन्द्र महतो, रामसहाय यादब, महेन्द्र यादव, हृदयेश त्रिपाठी, अनिल झालगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत याङ होउलानले चिनियाँ कम्युनिष्ट पार्टीले एमाओवादीलाई पठाएको शुभकामना सुनाएका थिए ।
२१ बर्ष अघि नेकपा एकताकेन्द्रका नाममा महाधिवेशन भएको थियो भने त्यसयता नेकपा माओवादी हुँदै हाल एकीकृत नेकपा माओवादीमा पार्टी परिणत भएपछि महाधिवेशन हुन लागेको हो । संयोग नै मान्नुपर्छ, छैठौंलाई पनि एकताकै महाधिवेशन भनिएको थियो भने एकीकृत माओवादीको नाममा हुन लागेको सातौं महाधिवेशनलाई पनि ‘एकता महाधिवेशन’ नाम दिइएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा १९ माघमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रबक्ता अग्निप्रसाद सापकोटाले महाधिवेशनको बन्दशत्रमा पैँतिससय जना सहभागी हुने, पार्टीको पथप्रदर्शक सिद्धान्त परिवर्तन हुने र आगामी नेतृत्वको उत्तराधिकारीसमेत तय हुने जानकारी दिए ।
२०४८ साल चैतमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा मशालको अगुवाईमा फुटेको कम्युनिष्टहरुबीच एकताको प्रयास शुरु भएपछि भएको महाधिवेशनले नेकपा एकताकेन्द्र गठन गरेको थियो । वर्तमान एमाओवादीले त्यसैलाई आफ्नो आधिकारिक महाधिवेशन दाबी गरेको छ । त्यसयता नेकपा माओवादी हुँदै एकीकृत नेकपा माओवादी गठन भएपछि बल्ल यसपटक महाधिवेशन हुन लागेको हो । २०४८ सालको महाधिवेशनपछि २०५१ सालमा भएको सम्मेलनबाट नेकपा माओवादी गठन गरेयता सो पार्टीमा दुईपटक संस्थागतरुपमा फुट आएको छ भने उल्लेख्य पार्टीहरु माओवादीसँग एकतामा आएका छन् । ‘जनयुद्ध शुरु भएपछि हालसम्म जो जो एकता प्रक्रियामा आए, सबैलाई समेट्ने हिसाबले एकता महाधिवेशन भनेका हौं’ महाधिवेशन आयोजक समितिका एक सदस्यले यो व्लगरसँग भने, ‘युद्ध र शान्तिकालमा आएका सबैको मन राख्नका लागि एकता महाधिवेशन भनेका हौं, मूलधार त तत्कालीन नेकपा माओवादी नै हो ।’
यस्तो छ, ऐतिहासिक डोरी
तेस्रो महाधिवेशनपछि पुष्पलाल, तुलसीलाल अमात्य र केशरजंग रायमाझीको नेतृत्वमा कम्युनिष्ट पार्टी टुक्रेपछि उत्पन्न अन्यौलबीच गठन भएको केन्द्रिय न्यूक्लियसको ‘सन्तान’का रुपमा एमाओवादी आएको जानकारहरु बताउँछन् । प्राध्यापक डा. सुरेन्द्र केसीद्धारा लिखित नेपालको कम्युनिष्ट पार्टीको इतिहास अनुसार २०४८, मंशीर २० गते मनमोहन अधिकारी, मोहनविक्रम सिंह, शम्भुराम श्रेष्ठ, निर्मल लामा, भक्त बहादुर श्रेष्ठ, भरतमोन अधिकारी, कमल कोइराला, जय गोविन्द शाह, रामबहादुर ह्यामो र सिद्धिलाल सिंहको सहभागीतामा केन्द्रिय न्यूक्लियस गठन भएको थियो । तर, त्यहाँ आएको फुटसँगै संविधानसभा पक्षधर मानिएका मोहन विक्रम सिंहको नेतृत्वमा ३० भदौ २०३१मा भारतमा चौथो महाधिवेशन आयोजना भयो र पार्टीको नाम नै नेकपा चौम राखिएको थियो । चौममा सिंह महामन्त्री थिए भने केन्द्रिय समितिमा निर्मल लामा, जयगोविन्द शाह, भक्त बहादुर श्रेष्ठ, चित्रबहादुर केसी, मोहन वैद्य, काजी, ऋषि देबकोटा‘आजाद’ र खुबीराम आचार्य थिए । प्रेम प्रकरणमा महामन्त्री सिंहमाथि भएको कारबाहीपछि निर्मल लामा नेतृत्वमा आए भने लामामाथि भएको कारबाहीपछि भक्तवहादुर श्रेष्ठले चौमको नेतृत्व सम्हाले । त्यसपछि मोहन विक्रम समूह र निर्मल लामा समूहबीच भएको फुटपछि २०४१ साल मंशीरमा भारतको अयोध्यामा पार्टीको पाचौ“ महाधिवशेन आयोजना भयो । मोहन बैद्य महामन्त्री चुनिए । सो समूहले पार्टीको नाम नेकपा मशाल राख्यो । सिंहले पातलो मसालले चिनिने गरी नेकपा मसाल गठन ग¥यो भने निर्मल लामा पक्षधरले चौमलाई निरन्तरता दिए । नेकपा मशालले केही प्रहरी चौकीमा गरेको आक्रमण बिफल भएपछि मोहन बैद्यले नेतृत्वबाट हटेर पुष्पकमल दाहाललाई पार्टीको नेतृत्व सुम्पिए । सेक्टर काण्डका नाममा चिनिएको असफल ‘कारबाही’पछि नेतृत्वमा आएका दाहालकै अगुवाईमा २०४८ सालमा पार्टीको छैठौं एकता महाधिवेशन भएको थियो । त्यसछि यसपटक सातौं महाधिवेशन हुन लागेको हो ।
उद्घाटन, माघ २०, २०६९ |