Saturday 19 January 2013

कस्तो होला प्रचण्डको जनविद्रोह प्रोजेक्ट ?



एकीकृत नेकपा माओवादीले पालुङ्टारको विस्तारित वैठकबाट जनविद्रोहको ‘परियोजना’ सञ्चालन गर्ने निर्णय गरेको धेरै भएको छैन । त्यही कागजी परियोजनालाई लिएर पार्टी फुट्यो र नेकपा–माओवादीले पुरानो परियोजनाको स्वामित्व दाबी गर्दै पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । तर, एमाओवादीका अध्यक्ष प्रचण्डले माघ ६ गते पोखरा पुगेर दोहो¥याए कि यदि बिपक्षीहरुसँग सहमति भएन भने २० माघदेखि शुरु हुने आसन्न महाधिवेशनपछि एमाओवादीले जनविद्रोह गर्नेछ । प्रचण्डका अनुसार त्यतिबेला बिगतमा भएका सम्झौताहरु च्यात्तिनेछन् र ‘दलाल’ आरोपी कांग्रेस, एमालेसहितका दलहरुसँग हिसाबकिताब हुनेछ ।
दोस्रोपटक सरकारको नेतृत्व लिइरहेको र संविधानसभाको सबैभन्दा ठूलो दल रहेको पार्टीका अध्यक्षले कांग्रेस, एमाले र राष्ट्रपति रामवरण यादबका कारण संविधानसभाको नयाँ निर्वाचन हुन नसकेको वाणी पनि प्रचण्डको छ । कांग्रेस र एमालेले धम्क्याएको भरमा राष्ट्रपतिले अध्यादेश रोकेको र मुलुकको यो दुर्गती भएको प्रचण्डको भनाई थियो ।
‘२० माघसम्म सहमति नभए दलहरूसँग भएका सबै सम्झौता च्यातिनेछन्’ प्रचण्डले भने । सायद त्यसपछि जनविद्रोह नामको प्रोजेक्ट शुरु गर्ने भनेका होलान् प्रचण्डले । स्मरणीय के छ भने, चार बर्ष अघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदैखेरि गरेको शहरी बिद्रोहको दुस्साहस असफल भएको हेक्का प्रचण्डलाई नहुने कुरा भएन । त्यसयता एमाअ‍ोवादी फुटिसकेको र जनतामाझ उनीहरुप्रति बढेको आक्रोसको हिसाबकिताब पनि प्रचण्डसँग नहुने कुरा भएन ।
प्रचण्डले एमाओवादीको शर्त नमान्ने कांग्रेस र एमालेलाई दलाल आरोप लगाएर उनीहरुलाई बढार्ने चेतावनी दिएका छन् । प्रचण्डले दलाल भनेको सुनेर एसडी मुनी, श्यामशरण, पीके हर्मिज र फ्रान्समा रहेका भारतीय राजदूत राकेश सुद पेटमिचीमिची हाँस्दाहुन् सायद । क्यावात्, एमाओवादी ।

No comments:

Post a Comment