Sunday 21 November 2010

दिल्लीलाई माओवादीले दिएको दुःख

पर्शुराम काफ्ले
भारतीय दूतावासले कात्तिक ८ गते नेपालको परराष्ट्र मन्त्रालयलाई पठाएको पत्र माओवादी अध्यक्ष प्रचण्ड चीनबाट फर्केर निमन्त्रणा नआएको अवस्थामा भारत जाने लालसा व्यक्त गरेपछिको प्रतिकि्रया हो त्यसकै वरिपरि यतिवेला नेपाली राजनीतिले फन्को मारिरहेको छ । माओवादी नेताहरुको नामै किटेर उनीहरुले भारतीय माओवादीलाई तालिम दिएको किटानीसहित दूतावासले पठाएको पत्रको जवाफ सरकारले हालसम्म पठाएको छैन बरु घटनाक्रम हेर्दा देखिन्छ दुई देशका माओवादीबीच भारतले लगाएको आरोप पुष्टि गर्न सरकारले खोजिरहेको छ । मानौँ नेपाल सरकारले दुई माओवादीबीच तालिमको लेनदेनस्तरसम्म भएको पुष्टि गर्दै नेपाली माओवादीसँग राजनीतिक प्रतिशोधकै लागि भारतलाई पत्र पठायो रे † त्यसपछि नेपालमा भारतीय चासोको स्तर कति बढ्नेछ र मुलुकको हालत नै के हुन्छ यसको गम्भीरताबारे सरकार मौन छ । त्यसबारे अहिले नै अनुमान गर्नु हतार हुनेछ तर माओवादीका रिसले नेपाल सरकार प्रतिकि्रयाविहीन भएर रहिरहने हो भने उसको यही मौनता नै भविष्यमा आफ्नो सुरक्षाको मामिलामा भारतको चासो थपिएर फौजीरुपमा प्रवेशको नाका खुल्नेछ र माओवादीको मात्र होइन िसंगो नेपालकै बद्नाम हुनेछ । सरकारले माओवादीसँगको राजनीतिक असहमतिलाई अर्कै तरिकाले हल गर्नुपर्छ र भारतविरुद्ध नेपाली भूमि प्रयोग नभएको जवाफ शीघ्रातिशीघ्र पठाउनुपर्छ किनभने दूतावासको पत्रको आशय माओवादीसँग बिग्रेको भारतीय संस्थापन पक्षको सम्बन्धको परावर्तन मात्रै होइन नेपाली भूमि भारतविरुद्ध प्रयोग भइरहेको भन्ने गम्भीर आरोपसमेत हो । यो आरोपमाथिको जवाफ माओवादी नेताले भाषणमा दिएर पुग्दैन सरकारले औपचारिक रुपमा स्पष्ट पार्नुपर्छ ।

वास्तवमा नेपाली माओवादी र भारतीय संस्थापन पक्षबीचको सम्बन्ध युद्धकालदेखि १२ बुँदे सम´दारी र स्वयं तत्कालीन प्रधानमन्त्रीको राजीनामा दिने वेलासम्म नै प्रश्नको घेरामा छ । जनयुद्धको आरम्भदेखि आखिरीसम्म मुख्य नेतृत्व र प्रमुख नेताहरुको भारत बसाइ र अत्यन्तै सीमित नेताहरुको मात्र गिरफ्तारी अनि भारतीय भूमि हुँदै नेपालमा हतियार ल्याएर माओवादीले साचालन गरेको जनयुद्धको भित्री कथा अ´ै रहस्यको गर्भभित्रै छ । भारतीय भूमिमा जनयुद्धको अधिकांश समय रहेका माओवादी अध्यक्ष प्रचण्डले पटक-पटक भारतसँगको आश्चर्यजनक सामीप्यको खुलासा गर्दै आएको पृष्ठभूमि छिपेको छैन । भारतमा गएर आइएसआइद्वारा प्रस्तावित सहयोग नलिएको भन्नेदेखि नेपालस्थित भारतीय दूतावासमा आºनो हिमचिमको सातौँपटक साचारमाध्यमले लैनचौरमा उजागर गरेको अतीत धेरै पर पुगिसकेको छैन । त्यसबाहेक राजीनामा दिनुअघि राकेश सुदलाई पाँचपटकसम्म बोलाएर भारतीय उच्च अधिकारीसँग भेट गराइदिने याचना गरेको प्रचण्ड आफैँले खुलासा गरिसकेका छन् ।

तर माओवादी-भारतसम्बन्धको पृष्ठभूमि वा वर्तमान जेसुकै रहे पनि दूतावासको पत्रको सारलाई इतिहासका रहस्यमय घटनाक्रमतिर पन्छाएर उम्किन मिल्दैन । भारत सरकारले पठाएको पत्रले माओवादीलाई मात्र होइन त्यससँग अरु केही गम्भीर विषयलाई उठाएको छ । पहिलो नेपाली माओवादीले भाकपा माओवादीलाई वैचारिक मात्र होइन भौतिक सहयोग गरेर सहयोग गरेको आरोप छ । वेला-वेलामा नेपाली सीमाबाट साना हतियार तस्करी गरेर भारतीय माओवादीले लैजाने गरेको आरोप लगाएको भारत सरकारले यतिवेला तालिमै दिएको भन्दै स्थान र व्यक्तिको नामै तोकेर पत्र पठाएको छ कारबाहीका लागि । भारतीय राजदूत राकेश सुदमाथिको जुत्ता प्रकरणदेखि माओवादीको चीनसँग बढ्दो हिमचिमका सबै प्रकरणसँग जोड्दै भारतीय माओवादीसँगको साँठगाँठ जोडेर भारतीय दूतावासको पत्र आएको छ । दोस्रो उक्त पत्रमार्फत नेपाली भूमिमा भारतविरुद्ध गतिविधि भइरहेको र सरकारले रोक्न नसकेको सन्देश दूतावासले दिएको छ । भारतको आन्तरिक सुरक्षाको सबैभन्दा ठूलो चुनौती मानिएको माओवादीलाई नेपाली भूमिमा तालिम दिइएको उसको आरोपलाई चानचुने रुपमा लिइनु हुँदैन । तेस्रो माओवादी लडाकुको क्यान्टोन्मेन्टभित्र भारतीय माओवादीलाई तालिम दिइएको आरोपले राष्ट्रसंघीय नेपाल मिसन अनमिनलाई पुनः बेकामे देखाउन खोजिएको छ । अनमिनमार्फत युरोपियन युनियनको चासो बढेको भन्दै अफ द रेकर्डका रुपमा भारतीयले असन्तुष्टि पोखेको पृष्ठभूमिमा उसलाई बिदा गर्न पहिलेदेखि नै लबिङ भएकोमा पछिल्लोपटक पत्रले पनि त्यही कुरालाई लक्षित गरेको छ । र अन्ततः आफ्नो सुरक्षा स्वार्थलाई कारण देखाउँदै माओवादीलाई सरकारको नेतृत्व मात्र होइन सरकारमै सहभागी गराउन नहुने भन्ने भारत सरकारको आशयसमेत पत्रमा प्रकट भएको छ ।

भारतीय पत्र प्रकरणको पृष्ठभूमि रोचक छ जसले आफ्नो सुरक्षा मामिलालाई सम्बोधन गर्न भारत सरकारको तयारी कति पहिलेदेखि भएको हो भन्ने स्पष्ट पारेको छ । भारतीय पत्रको मूल आधार केही थपिएको पनि छ द इन्डियन एक्सप्रेसमा छापिएको एउटा महŒवहीन समाचारमा आधारित छ । अक्टोबर ११ मा पटनाबाट सब्यसाची बन्धोपाध्यायले प्रेषित गरेको समाचार भोलिपल्ट एक्सप्रेसको चौथो पेजको बक्स समाचारमा छापिएको छ । उक्त समाचारमा जुन २८ मा आन्ध्रप्रदेशलगायतका भारतीय माओवादी सर्लाहीको मलंगवाबाट नेपाल छिरेर अनमिनको अनुगमनमा रहेका माओवादीको क्यान्टोन्मेन्टमा तालिम लिएको उल्लेख छ । एक्सप्रेसका संवाददाताले पत्रको पूर्ण विवरण नै आफूसँग रहेको समाचारमा उल्लेख गरेका छन् । बिहारबाट पंकज नामका भारतीय माओवादीको नेतृत्वमा २३४ जना माओवादीले तालिम लिएको उल्लेख छ पत्रिकामा । दूतावासको पत्रमा भनिएजस्तै एक्सप्रेसका अनुसार विनोद गुरुङ प्रकाश महतो र लस्करे तोइवाका लतिफ खान र रजाक अन्सारीको सुपरभिजनमा तालिम लिएको उल्लेख छ ।

हुन त प्रचण्डको भारत भ्रमणको लालसाबारे भारतीय विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने सहसचिव सतिष मेहताले नयाँदिल्ली आउँदा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधर दमननाथ ढुंगाना र पूर्वसचिव विद्याधर मल्लिकसँग अक्टोबरको अन्तिम साता स्पष्ट पारिसकेका थिए । मेहताले १२ बुँदे सम´दारीदेखि यता हालसम्म्ा भारतले दिन केही पनि बाँकी नरहेको तर माओवादीले कार्यान्वयन गर्न थुप्रै विषय बाँकी रहेको भन्दै बहुलवाद र माओवादीको लोकतान्त्रीकरणप्रति पहिलेको प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने र कब्जा भएका सम्पत्ति फिर्ता गर्नुपर्ने कुरा कार्यान्वयन गराउन सल्लाह दिनूस् भनेर नागरिक अगुवालाई फिर्ता पठाएको धेरै भएको छैन । तुलाधर ढृुंगाना र मल्लिकले मेहताबाहेक पूर्वराजदूत केभी राजन र बिजेपीका नेतालाई भेटे तर भारतीय प्रधानमन्त्रीका विशेष दूतका रुपमा अगस्टमा नेपाल गएका पूर्वराजदूत श्यामशरणले भेट्न अस्वीकार गरेका थिए । बुि´एअनुसार श्यामशरणले सतिष मेहतालाई भेट्नूस् मेरो कुरा त्यही हो भनेका थिए । १२ बुँदे सम´दारीमा सहयोगी भूमिका निर्वाह गरेका माक्स्रवादी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीताराम यचुरीसँग पनि नागरिक अगुवाले भेट गरेनन् । भारतीय संस्थापन पक्ष र राजनीतिक दलहरुको माओवादीलाई हेर्ने दृष्टिकोण एकै पाएका अगुवाहरु एकदिन चण्डीगढसमेत गएका थिए मुड प्रुेसका लागि । घटनाक्रमहरु उस्तै रहेमा प्रचण्डको भारत भ्रमणको लालसासमेत पूरा नहुने देखिएको छ ।
नयाँदिल्ली भारत

जनआस्था साप्ताहिकको नोट अफ डिसेन्ट स्तम्भमा नोभेम्बर १७मा प्रकाशित
pkaphle@gmail.com

No comments:

Post a Comment